१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बोदेबरसाइन नगरपालिकाले  सेवाग्राहीलार्इ निशुल्क सेवा दिने

२५ भदाै, सप्तरी । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न ८ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । नगरपालिकाले जारी गरेको सूचनामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : September 10, 2018 at 11:27 am