कांग्रेसले बाटो बिरायो, कोर्ष करेक्सन नगरे भावी यात्रा कष्टकरः राना भाट
२५ भदौ, काठमाडौँ । पूर्वसभामुख तथा कांग्रेस नेता नेता तारानाथ राना भाटले नेपाली कांग्रेसले बाटो बिराएको आरोप लगाएका छन् । उनले कांग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने चेतावनीसमेत दिए ।

‘कंग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, यतिबेला त्यसमा छैन’, राजाको समर्थन गरेपछि राजनीतिक परिदृश्यबाट टाढिएका राना भाटले कांग्रेस नेतृत्वलाई सुझाव दिँदै भने, ‘बिराएको बाटो छाडेर सही बाटो समात्नुस् ।’
काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अवमूल्यन भएको गुनासो गरे । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिंगो कांग्रेसको भुल भएको भनाइ उनको थियो ।
प्रकाशित मिति : 08:09









