४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले अाफैँ समाते घुस लिने कर्मचारी

२४ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले  घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत कर्मचारी खरिदार तिलकमणि पाेखरेललाई अाफैँले पक्राउ गरेका छन् ।

सेवाग्राहीबाट घुस लिएको सूचनाका अाधारमा मेयर पराजुलीले घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत कर्मचारी खरिदार तिलकमणि पाेखरेललाई पक्राउ गरेका हुन् । पोखरेलले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिएको जनाइएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने तयारी भइरहेकाे बताइएकाे छ ।

पोखरेलले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएका थिए । आइतबार ८५ हजार रकम लिएर पोखरेलले ७३ हजार ५५५ रुपैया राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैयाँ राखेका थिए । विराटनगर महानगरपालिका ३ घर भएका खरिदार पोखरेल २०५४ सालयता महानगरपालिकामा कार्यरत छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १६:४३