४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नवनियुक्त प्रधान सेनापति थापाले पाए दर्ज्यानी चिह्न 

२४ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न पाएका छन् । शीतल निवासमा आइतवार आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।


प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि समाप्त भएका कारण उनले अवकाश पाएका छन् । अवकाशमा जानु एक महिनाअघि नै बिदामा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले गत साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजैदेखि नेपालको ४३औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १४:३६