३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सेयर बजारमा ५७ अकंको गिरावट, दुई अर्बमाथिको कारोबार

३० भदाै, काठमाडौं । साताको पाचौै कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । दुई दिनसम्म बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु बन्द भएको छ ।

बिहीबार सेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । केही दिनयता करोडमा झरेको कारोबार यस दिन २ अर्बमाथि पुगेको छ । बिहीबार २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

आज सिटिजन्स म्युअल फण्ड २ को सेयरमूल्य बढेको छ । कारोबारको हिसावले यस दिन लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १५:३४