४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

पैसा घरमा लुकाउनु भएको छ, याद गर्नुस संजयको जस्तैगरी मुसाले खाला

२४ भदाै, काठमाडाैँ । तपार्इले पनि पैसा घरमा लुकाएर राख्नु भएको छ ? यदि छ भने अब लुकाएको ठाउँमा हेर्नुस । किनकी तपार्इले लुकाएको पैसामा मुसाको अाँखा पर्न सक्छ । काठमाडाैँको नयाँबसपार्कमा बस्ने संजय मुडभरीको १४ हजार नेपाली रूपैयाँमा मुसाको अाँखा पर्दा पैसा काम नलाग्ने भएको छ ।

संजयले खाटको भित्र राखेको पैसा मुसाले काटेर काम नचल्ने बनाइदिएको छ । मुसाले काटेको पैसा फेसबुकमा राखेका संजयलार्इ दैनिकीले सम्पर्क गर्दा खाटको भित्रपट्टी राखेको पैसा मुसाले काटेको बताए ।

उनले अाफूले राखेको पैसा केहीदिन नजर नपर्दा नै मुसाले काट्न भ्याएको बताए । धेरै मानिसले दराजको सेफ जा खाटको बक्समा पैसा राख्ने गरेका हुन्छन । समयमा यतातिर ध्यानदिन सकिएन भने दशैँ बिग्रन सक्छ त्यसकार अाफूले राखेको पैसाको निगरानी गर्ने गराैँ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १३:००