३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सेयर बजार ४७.४४ अकंले बढ्यो, कारोबार रकममा पनि सुधार

२९ भदाै, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार बढेको छ । निरन्तरको ओरालो लागेको सेयर बजारमा मंगलबादेखि भने हरियाली छाएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

कारोबारेको हिसाबले बुधबार नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ६ करोड ५१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो । आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १५:३२