२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमाः नेता भुसाल

२४ भदौ, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले वतर्मान सरकार धेरैदिन टिक्न मुस्किल रहेको बताएका छन । कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह, राष्ट्रिय समितिद्वारा शनिबार रुपन्देहीको मणिग्राममा आयोजित गोष्ठीमा बोल्दै नेता भुसालले समाजवादसम्मको गन्तब्य तय गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका गतिविधि समाजवाद उन्मुख नदेखिएको भन्दै उनले नेतृत्वको यस्तै रवैया रहिरहे वर्तमान सरकार धेरै दिन टिक्न मुस्किल पर्ने बताए ।

उनले पार्टी नेतृत्वले माक्र्सवादी विचार र सिद्धान्त अनुरुप आफूलाई रुपान्तरण गर्न नसके कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमा पर्न चेतावनी दिए । उनले नेपाली जनताको दशकौंको त्याग र वलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक क्रान्तिमार्फत् समाजवादसम्मको यात्रा तय गर्नुपर्ने अहिलेको आवश्यकता भए पनि सरकार अन्य कुरामै अल्मलिएको बताए ।

दुई तिहाई बहुमतप्राप्त सरकार मात्रै उपलब्धि नभएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । दुई तिहाईको दम्भ नदेखाइ जनपक्षीय कार्य गरेर समाजवादसम्म पुग्ने आधार स्तम्भ खडा गर्नुपर्ने भनाइ नेता भुसालको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १२:२२