८ माघ २०८१, मंगलवार | Wed Jan 22 2025

ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम

२६ भदाै। काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुद्वारा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भएकाे कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा मात्र नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्धेश्य बैंकको छ ।

यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यसबाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकका एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १६:३०