२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

अाफूले सिफारिस गरेकाले जागिर नपाएपछि कांग्रेसबाट निर्वाचित दुर्इ वडा अध्यक्षको राजिनामा

२४ भदाै, काठमाडाैँ । अाफूले सिफारिस गरेका व्यक्तिले जागिर नपाएपछि कांग्रेसबाट निर्वाचित दुर्इ वडा अध्यक्षले राजिनामा दिएका छन । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका-६ र ७ का वडामा नेपाली कांग्रेसबाट विजयी अध्यक्षले राजीनामा दिएका हुन्र । २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा  तुलराज विक–६ र  दलबहादुर विक–७ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका थिए ।

वडाको अध्यक्षबाट राजिनामा दिएका तुलराज विक र दलबहादुर विक ।

कम्प्युटर अपरेटरको परीक्षामा आफूले सिफारिस गरेका व्यक्तिको नाम नआएपछि आक्रोशमा राजीनामा दिएको गाउँपालिका उपाअध्यक्ष मनशोभा बुढाले बताएकी छिन। नरहरीनाथ गाउँपालिकाले पाँचजना कम्प्युटर अपरेटरका लागि आह्वान गरेको विज्ञापनमा ३० जनाले फारम भरेका थिए। जसमा एक जना पनि कांग्रेसको नपरेपछि उनीहरूले राजिनामा दिएका हुन ।

उनीहरूले गाउँकार्यपालिकाको सदस्य भएर काम गरिरहेको भएपनि गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले गाउँपालिकालाई आफ्ना आसेपासेको भर्ती केन्द्र बनाएपछि वडा अध्यक्ष भएर बस्न नसकेको बिकले बताएका छन ।

प्रकाशित मिति : 06:04