१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

कुमारी बैंकले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने

२२ भदाै, काठमाडाैं । कुमारी बैंकले १० वर्षदेखि शून्य मौज्दातमा रहेका खाता बन्द गर्ने भएको छ । बैंकले १० वर्ष अघिदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो ।

बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. १६को बुदा नं. (३) मा भएको व्यवस्था अनुसार बैंकमा खोलिएका खाता बन्द गर्न लागेकाले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेकाे छ ।

१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरुको नाम नामेसी सहितको विवरण बैंकको वेबसाइट https://www.kumaribank.com/ मा राखिएको तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आफ्नो खाता सुचारु गर्न सकिने समेत बै.कले जनाएकाे छ । बैंकले  तोकिएको समयभित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १५:०२