बीमा समितिद्वारा एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत
२१ भदाै, काठमाडौं । बीमा समितिले एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ । बीमा समितिले भदौ २० गते कम्पनीको आर्थिक वर्ष २०७७।७८ को वित्तीय विवरण स्वीकृत गरेको हो । योसँगै कम्पनीलाई लाभांश वितरणका लागि बाटो खुलेको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयधनीलाई वितरण हुनेछ ।
प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १७:४८












