२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

सेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब १९ करोडको कारोबार

२१ भदाै, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्न पुगेको छ । कूल २२७ वटा कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख १८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.६८ अंकले बढेर प्रतिकित्ता १०४२ रुपैयाँ पुगेको छ । यस दिन सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यसको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १५:३६