३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेप्सेमा ११ लाख ३८ हजार कित्ता बोनस सेयर सुचिकृत

२० भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेनञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सुचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको ९.५ प्रतिशत बापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १७:३२