४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

खप्तड लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

१९ भदाै, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलेको आइपीओ भदौ २० गते अर्थात सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ सोमबार आफ्नै कार्यालयमा बाँडफाँड गर्ने तय भएको प्रभु क्यापिटलले जानकारी गराएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ ।

मागभन्दा धेरै बढी आवेदन परेको हुनाले कम्पनीको १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् । कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १२:०२