सेयर बजारमा दोहोरो अंकको गिरावट
१५ भदाै, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक बुधबार २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ भने २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको सेयरमूल्य बढेको छ ,१६८ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलिकमको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १० करोड ७४ लाख माथिको कारोबार भएको हो । त्यस्तै, आज हिमालयन पावर पार्टनर कम्पनीनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १५:३७












