निर्मला हत्या प्रकरणः अाइजिपी खनालले भने एसपी विष्ट दोषी ठहर भए बर्खास्त गर्छु
२३ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज बिष्टलार्इ नालायक नेतृत्वको संज्ञा दिँदै दोषी ठहर भए बर्खास्त गर्ने पतिवद्धता जनाएका छन ।
शुक्रबार राष्ट्रिय मानवअधिकार अायोगले कञ्चनपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको प्रश्नको जवाफ दिँदै महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएकाे र प्रमाण मेटाउनेदेखि दोषी उम्काउने कार्यक्रममा एसपी विष्ट दोषी ठहर भए भविष्यमा समेत नोकरीमा अयोग ठहर्ने गरी बर्खास्त गर्ने स्पष्ट पारे ।
अाइजिपी खनालले भने ‘घटनाको अनुसन्धानमा प्रहरीले पक्कै पनि बिगारेको हो’ खनालले भने ‘संगठनभित्रका केही यस्तै व्यक्ति भएको कारण संगठनको बद्नाम भइरहेको छ ।’ उनले भने- तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु । महानिरीक्षक खनालले दोषीलाई कानुनी दायरामा ल्याउने भन्दै प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरे । खनालले गलत प्रवृत्तिका व्यक्तिहरु प्रहरीमा अनटाउने समेत बताए ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ०७:२२