१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

१२ भदाै, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।

ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन ।मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय सापेक्षेता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १८:१४