सेयर बजारमा ३३.३६ अंकको गिरावट
१२ भदाै, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार सेयर बजार ३३।३६ अंकले घटेर १९ सय ८९।२६ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घटे पनि आज कारोबारमा सुधार देखिएको छ । आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँको कारोबार भएको छ भने ६१ लख ४८ हजार ३४१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ । आइतबार अरूण काबेली पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ पुगेको छ । आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १५:२१












