४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

बुढानिलकण्ठको ४० अाना जग्गा धनीलार्इ जानकारी नै नदिइ बिक्री

२२ भदाै, काठमडाैँ । काठमाडाैँको बुढानिलकण्ठको ४० अाना जग्गा चाबहिल मालपोत कार्यालयका कर्मचारीले जग्गा धनीलार्इ जानकारी नदिइ बिक्री गरेका छन ।

बूढानीलकण्ठका चन्दनकृष्ण कायस्थको करिब १० करोड बराबरको ४० अाना जग्गा मालपोत कर्मचारीले अर्कैको नाममा बेचिदिएका हुन । नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो ।

मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०८:०८