४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

फारम भरेकै जिल्लाबाट शिक्षक सेवा अायोगको परीक्षा दिन नपाइने

२१ भदाै, काठमाडाैँ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेकै जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था लागू गरेको छ । आयोगका उपसचिव दामोदर आचार्यले  यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

उनले परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि होम सेन्टर हटाएको उनले बताए । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ ।  उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १६:५५