आज पनि सुन पाँच सय रुपैयाँले घट्यो
१ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
मंगलबार ९६ हजार दुई सय रुपैयाँ निर्धारण रहेको तेजावी सुनको मूल्य आज तोलाको ९५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १२:२८