९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

राधी विद्युत कम्पनीको नाफा घट्यो

१ भदाै, काठमाडाैँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याको कारण त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको जनाएको छ ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ । अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ । यता, अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ । यसले गर्दा नाफा घट्न पुगेका छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १०:०९