४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

घुस खाएर ६० करोडको कम्पनी मालिकलार्इ थाहै नदिर्इ कर्मचारीको नाममा

२१ भदाै, काठमाडाैँ । कम्पनी राजिष्ट्रारको कार्यालयले घुस खाएर ६० करोडको कम्पनी मालिकलार्इ थाहै नदिर्इ कर्मचारीको नाममा गरिदिएको तथ्य सार्वजिनक गरको छ । घुसको हिसाब नराखी कुनै पनि फाइल सदर नगर्ने कार्यालयका कर्मचारीले  ६० करोडको कम्पनी मालिकलार्इ थाहै नदिर्इ कर्मचारीको नाममा गरिदिएको अाजको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ ।

नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् । उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा बढीको रहेको बुझिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार ०९:२७