१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अब देशैभरका प्रहरी कार्यालयमा गृह मन्त्रालयको छड्के

२१ भदाै, काठमाडाैँ । गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयमा अनुगमन गर्ने भएको छ । मनत्रालयले अनुगमनका लागि पाँच सदस्यीय टोली नै गठन गरेको छ । टोलीले कार्यशैली तथा गतिविधि अनुगमन गर्नेछ ।

प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली गठन गरेको हो । टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयमा प्रहरी कर्मचारीविरुद्ध धेरै उजुरी पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीको कामकारबाहीबारे छड्के (क्रसचेक) गर्न अनुगमन टोली गठन गरेका हुन्।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार ०८:५८