१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

देशभर २६३ संक्रमित थपिए, दुईको मृत्यु


२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९ जनाको पिसिआर र १ हजार ७ सय ६६ जनाको एन्टिजेन गरि ३ हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित छन् । यस्तै, ५०१ जना भने उपचारपछि डिस्चार्ज भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १७:४७