नेकपाले बोलायो सचिवालय र स्थायी समिति बैठक, एकता विवाद सुल्झने विश्वास
२० भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय र स्थायी समिति बैठक बलाएको छ । यही भदाैको २४ र २५ गते सचिवालय तथा २६ र २७ गते स्थायी समिति बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा पार्टी एकतालार्इ अन्तिम रूप दिने विषयमा छलफल हुनेछ भने सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि नेकपाका एक जना अध्यक्ष प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् । उनी २३ गते नै स्वदेश र्फकने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् । बैठकले तल्ला कमिटी र भ्रातृ संगठनमा देखिएको विवाद सुल्झने विश्वास गरिएको छ ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १६:१५