१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बालेनको बहादुरीः अबैध संरचना हटाउन नर्भिक अस्पताललाई २४ घण्टे अल्टिमेटम


२३ साउन, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अबैध संरचना हटाउने अभियान शक्तिशाली केन्द्रबाटै सुरू गरेका छन । उनले नर्भिक अस्पताललई अबैध संरचना तत्कालन हटाउन भन्दै २४ घण्टे अल्टिमेटम दिएका छन ।

मेयर साहको निर्देशन अुनसार महानगरपालिकाका कर्मचारीले अस्पतालमा लगेर अबैध संरचना हटाउने अल्टिमेटमसहितको सूचना टाँस गरेका छन । नेपाल सरकारको नाममा रहेको कि.नं २०८५ क्षेत्रफल १–८–१–१ जग्गा अस्पतालले भाडमा लिएर सम्झौता विपरीत कार्य गरेको भन्दै महानगरले उक्त जग्गा २४ घण्टाभित्र खाली गर्न अस्पताललाई निर्देशन दिएको हो ।

‘अस्पतालले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवन लगायत) नेपाल सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ ।’ महानगरका शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १७:१३