१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

ओली सवार हेलिकप्टर खराब मौसमका कारण सिमरामा आकस्मिक अवतरण


२३ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लिएर रौतहट उडेको हेलिकप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । गौरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न ओली लिएर उडेको हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

भारी वर्षाका कारण बीचमै हेलिकप्टर अवतरण गराउनु परेको एमाले नेता मनोज पौडेलले बताए । हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको पौडेलले बताए । त्यहाँ जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी लगायतले ओलीको स्वागत गरेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १६:२१