अर्थसचिव मरासिनी प्रधानमन्त्री कार्यालय तानिए
१९ साउन, काठमाडाैं । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । बिहीबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
मरासिनीकै आग्रहबमोजिम उनको सरुवा भएको जनाइएकाे छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो । सो आलोचनापछि मरासिनी असार २२ गते बिदामा बसेका थिए ।
शर्माले सोही दिन मन्त्रीबाट राजीनामा दिएपछि बिदा बसेको भोलिपल्ट नै सचिव मरासिनी मन्त्रालय फर्किएका थिए । शर्मा साउन १५ गते अर्थमन्त्रालयमा फर्किएपछि मरासिनी पुनः बिदामा बसेका थिए ।
प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १७:०७












