निर्मला पन्तको बलात्कारी र हत्यारालाई सरकारले लुकायोः कांग्रेस नेता रिजाल
१९, भादौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाएका छन ।
मंगलबार काठमाडौँमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले लामो समयसम्म पक्राउ नगरेर संरक्षण दिएको जिकिर गरे ।
“कञ्चनपुर घटनामा सरकारको भूमिका कहालीलाग्दो छ । समाजलाई सुरक्षित बनाउने कामभन्दा पनि बलात्कारीलाई लुकाएर संरक्षण गर्नेतिर सरकार केन्द्रित भएको छ । दोषी लुकाउने प्रयास नगरियोस् ।” रिजालले भने । बलात्कारका घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा सजायँ दिलाउन उनले सरकारको ध्यानाकर्षणसमेत गराए ।
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १८:४५