१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

शारीरिक सुगठनमा रजत तथा कांस्य पदक विजेतालाई नगद पुरस्कार


१८ साउन, काठमाडौं । हालै सम्पन्न ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले पुरस्कार प्रदान गरेको छ ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले एक समारोहका बीच आफ्नो व्यक्तिगत रूपमा रजत पदक विजेतालाई नगद १ लाख ५० हजार तथा कांस्य पदक विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरेका हुन् ।

सोही अवसरमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका प्रथम उपाध्यक्ष विजय लाल कायस्थले विजेता खेलाडीहरूलाई क्रमशः नगद २० हजार र १० हजारले पुरस्कृत गरे ।

नेपालले ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप प्रतियोगिता आगामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौमा आयोजना गर्दैछ । नेपाल एक न्युट्रल भेन्यू भएकोले एसियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने जानकारी गराइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १९:२४