२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घटाउन सकिँदैनः आयल निगम

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमले इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको जनाएको छ ।

निगमले बुधबार जारी गरेको विज्ञप्तिमा पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको उल्लेख गरेकाे छ

निगमले इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति:

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १८:१९