३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

नेपाल टेलिकमको मोबाइलमा देशैभर समस्या, उपभोक्ता मारमा

१९ भदाै, काठमाडाैँ । नेपाल टेलिकमको मोबाइलमा देशैभर समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या अाएको उपभोक्ताहरूले बताएका छन । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही समस्यामा परेका छन ।

नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या अाएको जनाएको छ । मोबाइल नेटवर्कमा अाएको समस्याको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको टेलिकमले जनाएको छ ।

सेवाग्राहीले यसरी सूचना खोजीरहेका छन ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ०७:४९