धितोपत्र बोर्डले क्षतिपूर्ती कोष बनाउने
१२ साउन, काठमाडाैं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) क्षतिपूर्ती कोष बनाउने भएको छ । बोर्डले लगानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको हो ।
बोर्डले आज आफ्नो चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बाेर्डका अध्यक्ष रमेश कुमार हमालले सेबोनले क्षतिपूर्ती कोष बनाउने घाेषणा गरेकाे जानकारी दिएका हुन् । लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउनका लागि क्षतिपूर्ति कोष बनाइने उनले बताए ।
नीति तथा कार्यक्रमले हाल नसमेटिएका साना तथा मझौला, लघु एसएमईज् कम्पनीहरुलाई धितोपत्र बजारमा आउन सक्नेगरी सहजीकरण गर्ने नीति लिएको जनाएको छ । यस्तै, नीति तथा कार्यक्रमले धितोपत्र कारोबारलाई पूर्ण प्रविधिमैत्री बनाउँदै चुस्त दुरुस्त बनाउने, पुँजी बजारको दायरा फराकिलो बनाउने तथा नियमन कार्यलाई कडाइ र प्रभावकारी बनाउने बताएको छ ।
यसैगरी नीति तथा कार्यक्रमले सरकारले लिएको नीति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पनि प्राथमिक बजारमा आईपी खरिद गर्न पाउने गरी लगानीको सुनिश्चितता गर्ने बताएको छ । लामो समयदेखि योजनामा नै रहेको गैर आवासीय नेपाली (एनआरएनए) हरुलाई समेत धितोपत्र बजारमा सहभागी गराउन सहजीकरण गर्ने बताएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १७:२३












