५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

विन्ध्यबासिनी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?

११ साउन, काठमाडाैं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा उद्याेग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । कम्पनीको शेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सले विएचडिसी (BHDC) कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार २०:२९