७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

एमाले कर्णाली प्रदेश कमिटी र विभागले पायाे पूर्णता, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

११ साउन, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी र विभागले पूर्णता पाएकाे छ । पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा गत साउन ७ र ८ गते बसेको प्रदेश कमिटीको बैठकले ३५ सदस्यीय प्रदेश सचिवालय, जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र अन्य विभागलाई पूर्णता दिएको हो ।

बैठकले पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिएको छ । यस्तै निर्वाचन विभाग प्रमुखमा कर्णबहादुर शाही, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सूर्यमणी गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी विभागको प्रमुखमा हरिहरनाथ योगलाई जिम्मेवारी दिइएको छ ।

जनसंगठनहरूमा अखिल नेपाल महिला संघकाे इन्चार्जमा काैशिलावती खत्री तथा सहइन्चार्जमा विष्णु थापा र नन्दा गुरूङ रहेका छन् । यस्तै अखिल नेपाल किसान महासंघको इन्चार्जमा सूर्यबहादुर शाही, सह–इन्चार्जमा नवेन्द्र नेपाली रहेका छन् भने अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्जमा खड्क प्रसाद भट्टराई रहेका छन् । यसेगरी पेशागत महासंघको इन्चार्जमा शिव सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा खड्क खत्री, अनेरास्ववियुको इन्चार्जमा रुद्र शाही, प्रेस चौतारी नेपालको इन्चार्जमा सूर्यमणी गौतमलाई जिम्मेवारी दिएको छ ।

प्रदेश कमिटीको सूची यस्तो छः

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १९:३६