नेप्सेमा ९ लाख कित्ता बाेनस शेयर सूचिकृत
११ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ लाख कित्ता बाेनस शेयर सूचिकृत भएकाे छ । नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस बापतकाे ९ लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।
कम्पनीकाे गत पाैष ३० गते, सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । उक्त बाेनस बुधबार नेप्सेमा सूचिकृत भएकाे हाे ।
प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १२:१५












