स्थानिय तह निर्वाचनमा कुन दललाई लाेकप्रिय मत, यस्ताे छ निर्वाचन आयोगकाे आधिकारिक विवरण
१० साउन, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस लोकप्रिय मतमा पहिलो दल भएको बताएको छ ।
आयोगले मंगलबार पत्रकार सम्मेलनकाे आयोजना गरेर मत विवरण सार्वजनिक गरेकाे हाे । आयोगले नेपाली कांग्रेसले नेकपा एमालेले भन्दा झण्डै एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ । माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।
नाेटः यसअघिकाे समाचारमा अन्यथा हुन गएकाले सच्याइएकाे छ । सम्पादक
प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १७:२६












