राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन
१० साउन, काठमाडाैं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ । सोमवार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाशकुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थि, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।
नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल भर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ११:५१












