२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

अर्बौँको सञ्चित घाटा बजेट व्यवस्थापनको चुनौती


२४ फागुन, काठमाडौँ । दायित्वको बोझ बढ्दै गर्दा गत आवको अन्त्यमा ४८ अर्ब ६१ करोडको सञ्चित घाटा हुनु सरकारका लागि मुख्य चुनौती बनेको छ । चालु आवको बजेट एक खर्ब दुई अर्ब ७३ करोड ६२ लाख कोषको सञ्चिती रहने आधारमा स्रोत विनियोजन गरिएको थियो ।

त्यसैगरी बहुपक्षीय दाताबाट बजेटरी सहयोग प्राप्त हुने अपेक्षामा विनियोजित रु ३२ अर्ब ९७ करोड ५० लाख प्राप्त नहुनु र गैरबजेटरी मागको बढ्दो चाप अर्थ मन्त्रालयको अर्को चुनौती हो ।

त्यसैगरी, समीक्षा अवधिसम्म आइपुग्दा विगतमा बजेटको सुनिश्चितता दिइएका र बहुवर्षीय ठेक्का लागेका आयोजना र कार्यक्रमको भुक्तानी लिन पनि चुनौती रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १२:३७