काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिरमात्रै खायो : ओली
६ साउन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिरमात्रै खाएकाे आराेप लगाएका छन् ।
एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले शुक्रबार गरेकाे अन्तरक्रियामा ओलीले भने, ‘बहुदल आएपछि काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खानेमात्रै काम गर्यो, अरु केही पनि गरेन । नकारात्मक दिशामा लाने काम गर्यो’ ।
२०७४ पछि बनेको सरकारले गरेका सवै काम राष्ट्रहितको पक्षमा भएको दावी गरेका छन् । जोसुकैले जेसुकै गफ गरेपनि २०७४ को निर्वाचनपछि बनेको आफ्नो नेतृत्वको सरकारले राष्ट्रको विकासको लागि धेरै काम गरेको समेत दावी गरेका छन् ।
प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १९:०३












