४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

समयको पालनामा एमाले अध्यक्ष केपी ओलीले दिन खोजेको सन्देश (LIVE)

४ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समयको पालना नगर्ने नेताहरूको सूचीमा पर्थे । तर बुधबार फरक अवस्था देखियो । समान्यतया केपी शर्मा ओलीको नाममा आयोजकहरूले एक देखि दुई घण्टा कुराउने गरेका थिए ।

तर बुधबार नेकपा एमाले बाग्मती प्रदेश कमिटीले आयोजना गरेको बाग्मती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा आयोजकका लागि दिएको समयभन्दा एक मिनेट अगावै कार्यक्रम स्थलमा पुगेका छन ।

.पत्रकारहरूका लाग ११ः३० मा ओली ठ्याक्कै आइपुग्ने सूचना आयोजकले दिएको थियो । तर पत्रकारहरूले खासै विश्वास गरेका थिएनन् । किनकी अन्य दिनमा घण्टौ ओलीको बाइट खिच्न पत्रकारहरू कुरिरहेका हुन्थे ।

तर बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भने ओली ११ बजेर २९ मिनेटमै ओर्लिए । समयको पालनामा ओलीले एमालेका लागि दिन खोजेको सन्देश विशेष रहेको बुझ्न सकिन्छ ।

प्रशिक्षणमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी लगायतले आफ्ना कुराहरू राख्नेछन । एमालेले प्रशिक्षणमा उल्लेखित १० प्रकारका पार्टी सदस्यलाइ सहभागी गराएको छ ।

१. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु ( जिल्ला इन्चार्ज र सहइन्चार्ज )
२. प्रदेश कमिटीका पदाधिकारी सहित सम्पुर्ण सदस्यहरु
३. जिल्ला कमिटीका पदाधिकारीहरु
४. बाग्मतीका प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु
५. जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु
६. सम्पूर्ण पालिकाका निर्बाचित प्रमुख र उपप्रमुखहरु
७. सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु
८. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु
९. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु
१०. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १२:११