एभरेष्ट बैंक भित्रैबाट ग्राहकको पैसा चोरी
१७ भदौ, रूपन्देही । बुटवस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ । बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको रकम बिहान साढे १० बजे चोरी भएको प्रहरीले जनाएको छ ।
दिनेशले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको प्रहरीले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १४:५८