१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

अन्ततः राजिनामा बुझाएर प्रहरी हेटक्वार्टरबाट बाहिरिए एआईजीपी विश्वराज पोखरेल

२ साउन, काठमाडाैँ ।  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेल राजीनामा बुझाएर प्रहरी हेडक्वार्टरबाट बाहिरिएका छन । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार दिउँसो पुगेका पोखरेलले सोमबारको हाजिर गरेर पदबाट विदा लिएका हुन । पोखरेलले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा हाजिर गरे लगत्तै राजीनामा दिएर बाहिरिएका हुन ।

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले प्रहरी सेवाबाट विदा लिने निर्णय लिएका थिए । गत वैशाख १९ गतेबाट आईजीपीको जिम्मेवारी धीरजप्रताप सिंहले पाएपछि विश्वराजलले वैशाख १८ गते नै बिदा विदामा बसेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १५:४४