६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

राज्य डरलाग्दो गरि बिचौलियाको नियन्त्रणमाः उपमहासचिव ज्ञवाली

२ साउन, काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरि बिचौलियाको नियन्त्रणमा जान थालेको बताएका छन । काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक बित्तिय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुराएको बताए ।

ज्ञवालीले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको बर्ष भएको तर्क गरे । सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको ज्ञवालीको भनाइ छ । त्यस्तै ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयासहरु नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरे ।

गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले विवाद निकाल्ने काम भएको उनको भनाइ छ । ज्ञवालीले सरकारकै कारण अहिले सवैभन्दा ठूलो समस्या उपभोक्तलाई परिरहेको बताए । उनले अहिले मुलुकको प्रमुख आर्थिक सुचकहरु हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको दलिल पेश गरे ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १३:५२