२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बाँकेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२ साउन, बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० बर्षीय बुचु थारु रहेका छन् ।

अन्दाजी २३ बर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागी नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ११:१८