२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रगतिशील प्राध्यापक संगठन प्रदेश १ को अध्यक्षमा डा गोपीकृष्ण खतिवडा

२ साउन, धरान । प्रगतिशील प्राध्यापक संगठन प्रदेश १ को अध्यक्षमा डा गोपीकृष्ण खतिवडा चयन भएका छन । धरानमा भएको दोस्रो प्रदेश सम्मेलनले डा खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको संगठनका केन्द्रीय सचिव देवराज अर्यालले दैनिकीलाई जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष शुकदल लिम्बु, सचिवमा रबीन्द्र बराल, सहचिवमा कुमार सुवेदी र कोषध्यक्षमा माधव रेग्मी चयन भएका छन ।

यसैगरी सदस्यहरुमा क्रमशः छत्रमणि गुरागाई, कविता अधिकारी, मीना आचार्य, डा. सुजितकुमार शाह, सावित्रा सुवेदी, गोपीकृष्ण भट्टराई, राजकुमार दाहाल, प्रेमबहादुर कार्की, हिम सुवेदी, वेदप्रकाश कन्दङवा, डा. यज्ञप्रसाद गुरागाई, किरण धिमिरे, बाबुराम ओझा, अनन्त साँवा, इन्द्रबहादुर बस्नेत रहेका छ ।

अध्यक्षमा निर्वाचित डा गोपीकृष्ण खतिवडा ।

त्यस्तै खेमराज कार्की, ऋषिराज धिमाल, कमल प्रसाद न्यौपाने, टीकाप्रसाद उपाध्याय, मदनकुमार खत्री, डम्बरबहादुर खडका, प्रविण सङग्रौला, गिरिराज खतिवडा, सुवोध खनाल, उमेश पाण्डे र बद्रीप्रसाद ढुंगेल पनि सदस्यमा चयन भएका छन ।

नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय सचिव अर्याल, किशोरकुमार शाह र मानबहादुर जोराले शुभकामना र बधाई ज्ञापन गरे । सम्मेलनको उद्घाटन असार ३२ गते नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए । सम्मेलन उद्घाटन गर्दै नेम्वाङले प्राध्यापकहरुलाई राजनीतिक परिघटना र सवालहरुलाई तथ्य र तर्कको आधारमा विश्लेषण गर्न आग्रह गरेका छन ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन प्रदेश–१ समितिका अध्यक्ष पितकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा एमालेका स्थायी समितिका सदस्य एवं प्रदेश नं.१ का इन्चार्ज देवराज घिमिरे, स्थायी समिति सदस्य गुरु बराल, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज के.सी., महासचिव डा. पदमप्रसाद खतिवडा, नेकपा एमाले मोरङ जिल्ला कमिटीका अध्यक्ष ऋषि पोखरेलले नेपालको उच्च शिक्षा र प्राध्यापकहरुको भूमिकाका विषयमा आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ०८:२५