२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पछिल्लो चौबिस घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित, एक जनाको मृत्यु

१ साउन, काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १६:०८