२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

ङादीमा विपद प्रतिकार्यसम्बन्धी कृत्रिम नमूना अभ्यास


३२ असार, लमजुङ । लमजुङको मर्स्याङदी गाँउपालिकामा विपद प्रतिकार्य सम्वन्धी नमूना अभ्यास सम्पन्न भएको छ । ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङ र सीआरएस नेपालको साझेदारी तथा जिल्ला विपद् व्यवस्थापन समिति लमजुङको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीले बगाएकाको उद्धार तथा उपचार सम्वन्धी नमूना अभ्यास गरेको हो ।

लमजुङ पुर्नलाभ परियोजनाअन्तर्गत मर्स्याङदी गाँउपालिका ७ ङादीस्थित ङादी खोला र मस्र्याङदी नदीको दोभानमा बाढीले बगाएकाको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृत्रिम नमूना अभ्यास भएको हो ।

बाढीले बगाएको अवस्थामा तत्काल गरिने खवर, प्रारम्भिक चरणमा गरिने खोज उद्धार, घाईतेलाई अस्पताल पुराउनुअघि गर्न सकिने प्राथमिक उपचार र अस्पताल सम्म पुराउन गरिने सहयोग जस्ता विषयलाई लक्षित गरी नमूना अभ्यास भएको हो ।

नेपाली सेनाको चण्डिप्रसाद गण, सशस्त्र प्रहरी रानीकुवा, र नेपाल प्रहरीको विशेष टोलिको समन्वयमा भएको नमुना अभ्यासमा बाढी पहिरो आउँदा कसरी र कुनकुन माध्यम बाट उद्धार गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गराइएको आरसीडीसी नेपालका प्रोजेक्ट कोडिनेटर हेमराज विमलीले बताए ।

नमून अभ्यासका क्रममा एकजना महिला घाँस काट्ने क्रममा भिरबाट लडेर मस्र्याङदी नदीमा बगेपछि स्थानीयले देख्छन् र उनीहरु चिच्चाउँदै हार गुहार माग्न थाल्छन् । सोही बेला एक व्यक्ति उद्दारको निम्ति नदीमा जाँदा उनलाई पनि बगाउँछ । सोही बेला कुनै एक स्थानीयले प्रहरीलाई खवर गर्छन ।

प्रहरीले मानिस बगाएको जानकारी पाउने वित्तिकै सुरक्षा समितिमा जानकारी गराई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुग्छन र उद्धारमा खटिन्छ्न । नदिमा बगेका दुईजनालाई केही सुरक्षाकर्मीले डोरीबाट हाम फालेर, केही डुंगामा चढेर, केही पौडिँदै गएर उद्धार गरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पुराउने अभ्यास भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १०:५४